Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंक २९औं वर्षमा प्रवेश

Hyundai
NCELL
NIMB

काठमाडौं। महालक्ष्मी विकास बैंक आजदेखि २९ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले आफ्ना १ सय ३ वटा शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटा शाखामार्फत रक्तदान कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग– २०२३, श्रृङ्खला २ लगायत विभिन्न काार्यक्रमहरुको आयोजना गरी २९औं वार्षिकोत्सव मनाइरहेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखामार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रीय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेष्ठ ५ गते, शुक्रबार बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तै शाखा, प्रादेशिक तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरुका (आठवटा) विभिन्न स्थानहरुमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरुको सहभागितामा जेठ ६ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरेकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्