Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंक बन्याे ‘आइएसओ ९००१: २०१५’ प्रमाणित कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘आइएसओ ९००१: २०१५’ प्रमाणित कम्पनी बनेको छ ।

गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System)  मा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगष्ट १६) देखी लागु हुने गरी बैंक प्रमाणित हुन सकेको हो । बैंकले ‘Provision of Development Banking Activities’अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् ।

यस प्रमाण पत्र प्राप्तिको लागि यस बैंकको निति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट Royal Impact Certification Ltd. USA द्धारा गरिएको थियो । बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्