Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकद्वारा प्रा.डा. गोविन्दराज भट्टराई सम्मानित

Hyundai
NCELL
NIMB

काठमाडौं ।  महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार-२०७९ द्वारा प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ ।

बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद पराजुलीले ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्काका साथै सम्मानपत्र प्रा. डा. गोविन्दराज भट्टराईलाई हस्तान्तरण गरे । साहित्यकार भट्टराईले विभिन्न विधाहरुमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको हो ।

सम्मानित साहित्यकारले बैंकले पनि साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गरे।आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगतदेखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आमग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्