Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकद्वारा कालिकोटका पाँच विद्यार्थीलाई छात्रवृत्ति वितरण

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई कालिकोट जिल्लाका पाँच विद्यार्थीको प्लस टु वा डिप्लोमा अध्ययनमा सहयोग पुर्याउनका लागि २ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले कालिकोट जिल्लाका सरकारी विद्यालबाट एसईई उत्तीर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न इच्छुक तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सिटिईभिटीअन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले कर्णली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई दुई लाख पचास हजार बराबरको चेक हस्तान्तरण गनुभएको हो ।

बैंकले अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले वागीश्वरी मावि, भक्तपुरमा अध्ययनरत दत्त कठायत, लोयल्टी एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत ईश्वरी शाही, भैरव मावि, सुर्खेतमा अध्ययनरत भावना शाही, ब्रुेन ल्याण्ड एकेडेमी, बूढानीलकण्ठमा अध्ययनरत सृष्टि शाही र रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिलमा अध्ययनरत सृष्टिकुमारी शाहीलाई प्रति विद्यार्थी पचास हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्