Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकद्वारा नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर सहयोग

Hyundai
NCELL
NIMB

तुल्सिपुर । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकको तुल्सिपुर शाखाद्वारा बेलझुन्डी दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको छ । नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ, संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य मान्यता तथा उदात्तभावलाई समयको माग अनुरुप प्रवाहित गराउने उद्देश्यले स्थापित उक्त विश्वविद्यालयको कार्य सञ्चालन तथा विश्वविद्यालयमा अध्ययनरत बालबालिकाहरुको शिक्षामा समेत थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

त्यस्तै बैंकको लालबन्दी शाखाले राधा कृष्ण मन्दिर भागवतधाम धर्मशालाको लागी आवश्यक टेबल र कुर्सी सहयोग प्रदान गरेको छ ।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको मनहरी शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई ट्राफिक सचेतना सम्बन्धित होडिङ बोर्ड हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राजमार्गबाट आवतजावत गर्ने हुँदा दुर्घटनाको जोखिम न्यूनिकरण होस् भन्ने उद्देश्यले बैंकले उक्त होडिङ बोर्ड विद्यालयलाई प्रदान गरेको जनाएको छ ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्