Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ मंसिर २५, मंगलवार १८:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग विशेष छुट सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले विभिन्न संस्थाको सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरुले कमलादी काठमाडौंस्थित स्काईवाक टावर (वन्डर्स नेपाल प्रालि) को प्रवेश शुल्कमा १५ प्रतिशत छुट पाउँने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, बैंकका ग्राहकहरुले विशलनगर काठमाडौंस्थित चेरिस ग्रुप प्रालिको खाना तथा पेय पदार्थमा १५ प्रतिशत, सानेपा, ललितपुरस्थित अमैचाको कपडा तथा ब्युटिसियन सेवामा १० प्रतिशत र भैंसेपाटी, ललितपुरस्थित मलाला युनिसेक्स सैलुन प्रा.लि.मा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्