Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी लाइफले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा शतप्रतिशतसम्म छुट दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमाशूल्कको किस्ता समयमा तिर्न नसक्नेका लागि बिलम्ब शुल्क नलिने भएको छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लामा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन् । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू सञ्चालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेका कारण तिर्न असमर्थ हुँदै आइरहेका छन् ।

यस्तोमा बीमितहरुको समस्यालाई बिचार गरी कम्पनीले राहत स्वरूप जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेको हो ।२०७८ असार मसान्त भित्र बीमाशुल्क

किस्ता तिर्ने बीमितलाई ५० देखि सतप्रतिशतसम्म बिलम्व शुल्क छुट दिने कम्पनीले जनाएको छ ।

जसअनुसार बीमालेख व्यतित भएको ३ महिनासम्मका लागि सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यस्तै बीमालेख व्यतित भएको ३ महिनादेखि ६ महिनासम्मका लागि ७५ प्रतिशत र ६ महिनाभन्दा माथिका लागि ५० प्रतिशत छुट कम्पनीले दिनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्