Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी कर्पोरेट क्रिकेट आईसीएफसीले जित्यो, बैंकिङमा पनि खेल झैं स्वच्छ प्रतिस्पर्धाको सन्देश

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो । यहि जेठ १३ देखि १५ गते (३ दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । प्राइम बैंकले द्वितिय र कामना सेवा विकास बैंकले तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरे । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता आईसीएफसी फाइनान्स, द्वितीय प्राइम बैंक, तृतीय कामना सेवा विकास बैंक, उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट–किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्य लगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रले क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखि उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए । कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE