Skip to content
Shikhar Insurance
National Life

मर्जर सम्झौता पछि सेयर रोक्का प्रक्रिया खारेज, एकिकृत कारोबार हुँदामात्रै अधिकतम १५ दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर रोक्का हुने व्यवस्था खारेज गरेको छ । बोर्डले “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” जारी गर्दै सो व्यवस्था गरेको हो ।

जारी निर्देशिका अनुसार अब देखि मर्जर तथा प्राप्तीकमा सहभागि हुने कम्पनीहरुको आधारभुत सेयर बाहेक अन्य सेयर कारोबार एकिकृत कारोबार हुने समयमा मात्रै रोक्का हुनेछ । बोर्डले आधारभुत सेयरधनी बाहेकका सेयर एकिकृत कारोबार हुँदा अधिकतम १५ दिनमात्रै रोक्का हुने बोर्ड अध्यक्ष रमेश कुमार हमालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आधारभुत सेयरधनीको प्रारम्भिक सम्झौता भएदेखि एकिकृत कारोबार हुँदासम्म रोक्का हुन्छ भने, सो बाहेक सेयरधनीको भने हुँदैन,’ बोर्ड अध्यक्ष हमालले सिंहदरबारसँग भने, ‘आधारभुत बाहेकका सेयरधनीको एकिकृत कारोबार हुँदा अधिकतम १५ दिन भनेका छौं, त्यो संस्थाले सेयर मिलन प्रकृया जति चाँडो सम्पन्न गर्छ त्यसैमा भरपर्छ । यदी ७ दिन अवागै सकिएपनि बोर्डले सोही समयावधीको लागिमात्रै सेयर रोक्का गर्छ ।’

बोर्डद्वारा जारी निर्देशिकाअनुसार यसअघिमर्जर तथा प्राप्तीकै कारणलेसेयर रोक्का रहेका कम्पनीहरुको कारोबार फुकुवा गर्नुपर्नेछ। सम्बन्धित कम्पनीले आधारभूत सेयरधनी बाहेक अन्य सेयरधनीको कारोवार फुकुवा गर्न आधारभुत सेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ। निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकको कारोवार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्