Skip to content
Shikhar Insurance
National Life

मर्जर/एक्विजिशनमा जाने बैंक तथा वित्तिय संस्थाको सेयर कारोबार २ हप्ता मात्रै रोकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । अब मर्जर तथा एक्विजिशनमा जाने बैंक तथा वित्तिय संस्थाहरुको सेयर कारोबार बढिमा दुई हप्ता मात्रै रोकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ ।’ व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले नयाँ व्यवस्था गरिदिएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले भने आफुहरुको पहलदकमीले उपलब्धि हासिल भएको बताएका छन् । अब बैंक तथा वित्तिय संस्थाहरुले मर्जरका लागि प्रारम्भिक सम्झौता(एमओयु) गरेपछि एक हप्ता र एकिकृत सेयर कारोबार गरेपछि अर्काे एक हप्ता मात्रै सेयर कारोबार रोक्का गर्दा उपयुक्त हुने बोर्डकै उच्च श्रोत बताउँछ । बोर्डले पनि सोही ढंगले गृहकार्य गरिरहेको बुझिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘एमओयु भएको एक हप्ता रोक्ने र एकिकृत कारोबार आरम्भ भएपछि सीडीएसीमा सेयर नामसारी लगायतका काम गर्न अर्काे एक हप्ता दिएपछि सेयर कारोबार खुल्ला गर्न सकिने भन्नेबारे छलफल भैरहेको छ’, धितोपत्र बोर्ड उच्च श्रोतले सिंहदबारसँग भन्यो । हाल मर्जर तथा एक्जिजिशनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुको सेयर कारोबार कम्तिमा पनि ६ महिनासम्म रोकिँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्