Skip to content
Shikhar Insurance
National Life

मर्जर अघि हिमालयन बैंकका सीइओले बिदाइ गरे २१ कर्मचारी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको हिमालयन बैंकबाट २१ जना कर्मचारी बिदाइ गरेको छ । बैंैकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उनीहरुलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

हिमालयन बैंक कर्मचारी संगठनद्वारा आयोजित सो कार्यक्रममा सीइओ राणाले उनीहरुलाई सम्मान पत्र प्रदान गरी विदाई गरेका हुन् । विगत ४ वर्षयता बैंकबाट अवकाश पाएका कर्मचारीलाई सम्मान तथा बिदाई कार्यक्रम संगठनले राखेको थियो ।

बिदाइ हुनेहरुमा महाप्रबन्धक शुसिल जोशी, सहायक महाप्रबन्धक रबिन्द्र नारायण प्रधान र महेश्वर प्रसाद जोशी, सहायक प्रबन्धक महेन्द्र श्रेष्ठ, अधिकृतहरु बिमला श्रेष्ठ, अमृत कार्की, अनार मैया अमात्य लगायत विभिन्न तहमा २१ जना कर्मचारीको बिदाई गरिएको थियो । सोही कार्यक्रममा १३ औं सागमा स्वर्ण पदक विजेता कराते खेलाडी तथा राष्ट्रिपति बिद्यादेवी भण्डारीबाट सूकिति पदकबाट विभुषित बैंकका कर्मचारी अनु अधिकारीलाई सम्मान गरीएको थियो ।

अवकाश पाएका कर्मचारीलाई बिदाइ गर्दै बैंकका सीइओ असोक राणाले उनीहरुलाई बैंकमा पारिवारीक माहोल बनाएर काम गरेकोमा धन्यवाद दिए । उनीहरुलाई आगामी दिनमा पनि हिमालयन बैंकले उनीहरुको योगदानको उच्च कदर गर्दै आवश्यतामा सहयोग गर्ने प्रतिवद्धता गरे ।

‘२९ बर्षअघि २०/३० जना कर्मचारीबाट सुरु गरेको हिमालयन बैंकमा आज १ हजार जना कर्मचारी भएका छौं, आज बिदाइ हुने अधिकांश अनुहारलाई मैले धेरै नजिकबाट चिनेको छु,’ बैंकका सीइओ राणाले भावुक हुँदै भने, ‘तपाइहरुले बैंकमा गर्नुभएको योगदानको कदर भविष्यमा समेत हुनेछ ।’

सो बिदाइ कार्यक्रममा बैंक कर्मचारी संगठनका अध्यक्ष गौतम भण्डारीले बिदाइ कार्यक्रमले अवकाश प्राप्त कर्मचारीको योगदानलाई सबैको सामु उजागर गर्ने बताए ।
संस्थाको विकास वृद्धिको लागि कर्मचारीको समेत मनोबल उच्च राख्न आवश्यक भएको हुँदा सो कार्यक्रम कर्मचारी संगठनले आयोजना गरेको उनको भनाइ छ ।

‘सँगै काम गर्ने साथीको जागिर कहिले सकिन्छ छेउकै अर्को साथीलाई थाहा हुँदैन, स्टाफको मोटिभेसनको आवश्यता संस्थाले बुझेर पूरा गर्न सक्नु पर्छ, बैैंकको चेन अफ कमाण्ड बलियो नहुँदा अहिले विकास वृद्धि रोकिएको छ ।’

पछिल्लो समयअन्य बैंकहरुको तुलनामा हिमालयन बैंकका कर्मचारीको मनोबल खस्किएको हुँदा बैंकले व्यवसायी वृद्धि विस्तारसँगै कर्मचारीको आवश्यकताको पनि ख्याल गर्नु उनले सुझाव दिए । बैंक स्थापना भएयता करिब २०० कर्मचारी अवकार र राजिनामामार्फत् संस्थाबाट बाहिरीएको उनको भनाइ छ । राजिनामा दिएर बारिहरीने कर्मचारीले बैंक छोड्नको  यथार्त कारण पत्ता लगाएर आवस्यकता अनुसार समास्या समाधन गर्न उने व्यवस्थापनलाई आग्रह गरे । सोही कार्यकाममा भण्डारीले १० दिनको तलब बराबरको पैसा हिमालयन परोपकार कोषमा दिने समेत घोषणा गरे ।

यो पनि पढ्नुस्  इन्भेष्टमेन्ट बैंकसँग मर्जर नभए झनै राम्रो भन्दा ताली बजाउँछन् हिमालयन बैंकका कर्मचारी

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्