Skip to content
Shikhar Insurance
National Life

मर्जर स्वीकृतिका लागि लक्ष्मी बैंककाे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले मर्जर प्रस्तावलाई अन्तिम स्वीकृती दिन असार ३ गते, आइतबार, विशेष साधारण सभा बोलाएको छ। बैंकले अग्रंवाल भवन, कमलपोखरी, काठमाडौंमा उक्त सभा बोलाएको हो।

सभाले लक्ष्मी बैंक र सनराइज बैंक एक बराबर एक सेयर स्वाप रेसियोमा मर्ज हुने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले जेठ २६ गते बुकक्लोज गर्ने भएको छ।सोहि अनुसार जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्