Skip to content
Shikhar Insurance
National Life

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दियो थप सहुलियत

Hyundai
NCELL
NIMB

काठमाडौं । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले थप सहुलियत पाउने भएका छन् । केन्द्रिय बैंकले एकीकृत निर्देशिका २०७७ लाई संशोधन गर्दै सहुलियत बढाएको हो ।
जसअनुसार सैद्धान्तिक सहमति पाएका बैंक तथा वित्तीय संस्थाले ३ महिनाभन्दा बढी सीईओ नराखे पनि हुने भएको छ भने शाखा खोल्न नेपाल राष्ट्र बैंकको अनुमति आवश्यक पर्दैन ।

वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा २०८० असार मसान्तसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने छैन भने काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात २०८० असारमसान्तसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न पनि स्वीकृति चाहिँदैन ।

यता मर्जर पछि बनेको बैंक वा वित्तीय संस्थामा ६५ वर्ष उमेर नाघेका व्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । “२०७९ असार मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन बाधा पर्ने छैन,” परिपत्रमा भनिएको छ ।

यसैगरी कर्णाली र सुदुरपश्चिम प्रदेशमा शाखा खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृती लिनु पर्ने छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्