Skip to content
Shikhar Insurance
National Life

मर्जरको प्रस्ताव पास गर्दै सकियो रिलायन्स लाइफको बिशेष साधारण सभा

Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बिशेष साधारण सभा सम्पन्न भएको छ । बिशेष साधारण सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यबस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसगँ एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतीको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने लगायतका निर्णय गरेको छ ।

सभाले कम्पनीको अधिकृत पुँजी ३ अरब रुपैयाँबाट बृद्धि गरी ५ अरब हुने गरी प्रस्ताव पारित गरेको छ । हाल कम्पनीमा ताराचन्द केडिया अध्यक्ष छन् भने भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी, सरिता भट्ट अधिकारी, परिक्षित खेम्का र बद्री प्रकाश पोखरेल सञ्चालक रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्