Shikhar Insurance
National Life

मन्त्री भण्डारी भन्छन्- ‘उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैन’

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार १२:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न नीतिगत सुधारका काम अघि बढाएको बताए । उनले मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको बताए । उनले आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव नरहेको बताउँदै भने, ‘अहिलेको वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न पहिलो कुरा नेपालको शासकीय प्रणालीभित्र जुन प्रक्रियागत जटिलताले जगडिएको छ । त्यसलाई अन्त्य गरेर मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवर्द्धन गर्न, आन्तरिक वा वाह्य लगानी प्रवर्द्धन गर्न हामी लागेका छौँ । आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकता हो ।’

‘नेपालको शासकीय प्रणालीभित्रका जटिलताको समाधान गर्नेकुरा पहिलो प्राथमिकतामा राखेर नीतिगत सुधारको मार्ग प्रशस्त गरेका छौँ । नेपालको उद्यमशिलतामा थुप्रै आशालाग्दा महिला दिदिबहिनीहरुले प्रयत्न गरिरहनुभएको छ । उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैन । त्यसका लागि वर्तमान सरकारले थुप्रै नीतिगत सुधारका कार्यक्रम अघि बढाएको छ’ उनले बताए ।

मन्त्री भण्डारीले नेपालमा सार्वजनिक कार्यालयमा स्वदेशी वस्तुको उपयोग बढाउने गरी सरकारले आफ्नो कार्यक्रमहरु अघि बढाएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्