Skip to content
Shikhar Insurance
National Life

मन्त्री आलेले लाइसेन्स खारेज गरिदिने त्रासमा १७ वटा क्यासिनोले बुझाए ८७ करोड रोयल्टी

Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । हालसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोडरुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए ।
रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही गर्ने निर्देशन भएसँगै नतिरेकाले पनि तिर्न थालेको उनले बताए ।

‘मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका छन् ।’

मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ ।

पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने सेन्टर मिडिया प्राली मिनिक्यासिनोले ६ करोड ५० लाख रुपैयाँ रोयल्टी बुझाएसँगै सरकारको खातामा ८७ करोड रुपैयाँ रकम जम्मा भएको हो । अझै उक्त प्रालिले २ करोड ७० लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए ।

विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम जम्मा रकम कम्तीमा पनि ७५ करोड रुपैयाँ मात्रै रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्