Skip to content
Shikhar Insurance
National Life

मनोकामना मनिचेन्जरको लाइसेन्स रद्द

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगन्जमा रहेको मनोकामना मनिचेन्जरको इजाजतपत्र (लाइसेन्स) रद्द गरिदिएको छ।

राष्ट्र बैंकको वीरगन्ज कार्यालयले आइतबार एक सूचना जारी गर्दै वीरगन्जको गोश्वरारोडमा रहेको मनोकामना मनिचेन्जरको लाइसेन्स रद्द गरिदिएको जानकारी गराएको हो।

मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियमावली १९ को उपविनिमय (३) मा भएको व्यवस्थाबमोजिम लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसका साथै अबोप्रान्त उक्त मनिचेन्जरसँग कुनै पनि कारोबार नगर्न र नगराउन पनि सर्वसाधारणलाई बैंकले सूचित गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्