Skip to content
Shikhar Insurance
National Life

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त, तीन जनाको शव भेटियो

Hyundai
NCELL
NIMB

काठमाडाैं। मेक्सिकन नागरिक बोकेर माउन्टेन फ्लाइटमा गएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

कोसी प्रदेशका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ। असई बस्नेतले तीन जनाको शव फेला परेको बताएका छन्।

‘घटनास्थलमा पुगेका प्रहरीले तीनवटा शव देखेको बताएका छन्। शवको पहिचान भइसकेको छैन। अरू खोज्ने क्रम जारी छ। घटनास्थलमा स्थानीय पनि छन्,’ उनले भने।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर १०ः१५ बजे सम्पर्कविहीन भएको थियो। हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट चेतबहादुर गुरूङ रहेको प्रजिअ बसन्त भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्