Skip to content
Shikhar Insurance
National Life

मनकामना स्मार्ट लघुवित्तद्वारा ५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको माघ १६ गते सोमबार बसेको संचालक समितिको ७९औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजारको ५ प्रतिशतका दरले हुन आउने ७० लाख ८७ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४.७५ प्रतिशतका दरले हुन आउने ६७ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने ०.२५ प्रतिशत (कर प्रयोजनसहित)का दरले हुन आउने ३ लाख ५४ हजार नगद लाभांश रहेको छ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्