Skip to content
Shikhar Insurance
National Life

मनकामना केबलकार चढ्ने यात्रु कोभिड पछिकै उच्च, वैशाखमा सवा लाख बढीले लिए सेवा

Hyundai
NCELL
NIMB

काठमाडौं। गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ।

‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको छ। अहिले दैनिक औसत ४ हजारभन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आउनुभएको छ,’ सञ्चालक श्रेष्ठले भने। वैशाखभर १ लाख २६ हजार यात्रुले केबलकार सेवा लिएका छन्।

उनका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ। आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए। वैशाखसम्म कुल यात्रुमध्ये नेपाली ७१.१७ प्रतिशत (६ लाख १९ हजार ३७ सय ३) र भारतीय २४.१० प्रतिशत (२ लाख ९ हजार ७ सय ४३) रहेको उनले जानकारी दिए।

पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको उनले बताए। कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्‍वीललगायत उपकरण भने साबिककै रहेको छ।

यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार भएको कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्