Skip to content
Shikhar Insurance
National Life

मध्य भोटेकोशीको साधारण सभा पुस २७ गते हुने

Hyundai
NCELL
NIMB

काठमाडौं । मध्य भोटेकोशी लजविद्युत कम्पनी लिमिटेडले पुस २७ गते साधारण सभा बोलाएको छ। सभा कुण्डलिनी दरबार ब्यांकेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । सोहिअनुसार, पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन।

GBIME

प्रतिक्रिया दिनुहोस्