Skip to content
Shikhar Insurance
National Life

मधेस प्रदेशमा रकम विनियोजन कम गरिएको छैनः अर्थमन्त्री महत

Hyundai
NCELL
NIMB

काठमाडौं मधेस प्रदेशमा बजेट विनियोजन कम नगरिएको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । मधेस प्रदेशमा कम रकम विनियोजन गरिएको विषयमा संसदमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले भने  ‘पूर्व-पश्चिम राजमार्ग, पथलैया–वीरगन्ज कोरिडोर, चन्द्रपुर–गौरराजमार्ग, हुलाकी राजमार्ग तथा सुनकोशी मरिन, बागमती, कमला, चन्द्र नहर लगायतका सिँचाइ आयोजनालगायत मधेस प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनाहरुमा उल्लेख्य रकम विनियोजन भएको छ।’

त्यस्तै तराई मधेशलाई काठमाडौंसँग जोड्ने द्रुत मार्गमा पनि उल्लेख्य बजेट विनियोजन भएको छ । विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरु मधेस प्रदेशमा संचालित छन् । सहरी विकास र खानेपानीतर्फ समेत उल्लेख्य रकम मधेस प्रदेशमा विनियोजन भएको छ ।

मधेस प्रदेशमा ठूलो जनसंख्या भएकाले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि बजेटको ठूलो हिस्सा विनियोजन हुने गरेको छ। प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण हेर्दा कुल वित्तीय हस्तान्तरणको करीब १५ प्रतिशत मधेस प्रदेशमा गएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्