Skip to content
Shikhar Insurance
National Life

मदिरा र सुर्ती उत्पादनका लागि बैंकले दिए ५३ अर्ब रुपैयाँ बढी कर्जा

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्यका लागि हानिकारक धुम्रपान तथा मद्यपान जन्य वस्तु उत्पादन गर्ने बैंक तथा वित्त कम्पनीले यी नै स्वास्थ्यका लागि हानिकारक भनिएका वस्तु उत्पादनका लागि अर्बौं कर्जा दिने गरेको पाइएको छ । बैंकहरूले रक्सी, बियर र सुर्ती उत्पादनका लागि ५३ अर्ब रुपैयाँ बढी कर्जा दिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंक तथा वित्त कम्पनीले मदिरा र सुर्ती उत्पादनका लागि विभिन्न उद्योगहरुलाई ५३ अर्ब १८ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आवको पहिलो त्रैमाससम्म बैंक तथा वित्त कम्पनीहरुले कुल ४४ खर्ब ९२ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । प्रवाहित कर्जामा उद्योगहरुलाई उत्पादनका लागि १५.३३ प्रतिशत अर्थात् कुल ६ खर्ब ८९ अर्ब १० करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उत्पादनका लागि गएको कर्जामा पनि ७.७१ प्रतिशत कर्जा रक्सी, बियर, सोडा तथा सुर्ती उत्पादनका लागि प्रवाह भएको हो ।

बैंक तथा वित्त कम्पनीले उद्योगहरुलाई उत्पादनका लागि गत आवको सोही अवधिमा ५ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ कर्जा दिएका थिए । जुन गत आवको सोही अवधिमा आइपुग्दा २७.७९ प्रतिशत अर्थात् १ खर्ब ४९ अर्ब ८८ करोड ३९ लाख रुपैयाँले थप भएको छ ।

चालु आवको असोज मसान्तसम्म प्रवाहित कुल कर्जामा रक्सी, बियर र सुर्ती उत्पादनका लागि दिएको कर्जाको हिस्सा नै १.१८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

असोज मसान्तसम्म बैंक तथा वित्त कम्पनीले रक्सी, बियर सोडा जस्ता पेय पदार्थका लागि कुल २८ अर्ब ७९ करोड ८० लाख रुपैयाँ कर्जा दिएका थिए । जसमध्ये रक्सी उत्पादनको लागिमात्र लागि २२ अर्ब ८२ करोड १७ लाख रुपैयाँ कर्जा दिएका हुन् । गत आवको सोही अवधिमा बैंकहरुले रक्सी उत्पादनका लागि १९ अर्ब ८८ करोड ६२ लाख रुपैयाँ कर्जा दिएका थिए ।

यस्तै, चालु आवको असोज मसान्तसम्म सुर्ती उत्पादनका लागि बैंकहरुले १ अर्ब ५७ करोड १ लाख रुपैयाँ कर्जा दिएका छन् । गत आवको सोही अवधिमा सुर्ती उत्पादनका लागि बैंकहरुले ७८ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विभिन्न उद्योगलाई बैंक तथा वित्त कम्पनीले चालु आवको असोज मसान्तसम्म दिएको विभिन्न उद्योगहरुलाई २२ वटा शीर्षकका उत्पादनका लागि कर्जा प्रवाह गरेका छन् । जसमध्ये कर्जामा सबैभन्दा बढी खाद्य वस्तु उत्पादनका लागि १ खर्ब २ अर्ब ७१ करोड रुपैयाँ कर्जा दिएका हुन्।

साथै, हस्तकलाका लागि १२ अर्ब ८० करोड, टेक्सटाइलका लागि २५ अर्ब २० करोड फर्निचर उत्पादनका लागि २७ अर्ब २२ करोड, कागज उत्पादनका लागि १३ अर्ब ८२ करोड, प्रिन्टिङ्गका लागि ११ अर्ब ९८ करोड, औषधी उत्पादनका लागि २४ अर्ब ४३ करोड रुपैयाँ र सिमेन्ट उत्पादनका लागि १ खर्ब २२ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

असोज मसान्तसम्म प्लास्टिक उत्पादका लागि ३१ अर्ब ८६ करोड, ढुंगा, माटो र सिसा जन्य उत्पादनका लागि २० अर्ब रुपैयाँ, धातुजन्य उत्पादनका लागि १ खर्ब ३० अर्ब ८१ करोड र छाला जन्य उत्पादनका लालि २ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्