Skip to content
Shikhar Insurance
National Life

मदिरा, चुरोट, सिमेन्ट लगायत १८ वस्तुको आयातमा शतप्रतिशत मार्जिन, विद्युतिय गाडीलाई छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले मंगलबार एक परिपत्र जारी गर्दै वस्तु नै तोकेर शत प्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गर्दै ती वस्तुको आयातमा कडाई गरेको हो ।

जारी परिपत्रले विषेशगरी अब गाडी, मदिरा, सुर्ती चुरोट, सिमेन्ट र कस्मेटिक सामान लगायत अन्य विलासिलताका सामानको आयातलाई निरुत्साहित गर्ने प्रष्ट देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकद्वारा जारी परिपत्र अनुसार अब चिनी, चकलेट, मिनिलर वाटर, मदिरा, भिनिगर, चुरोट, सुर्तीजन्य वस्तु, जुत्ता चप्पल आयातमा शत प्रतिशत मार्जिन राखेर प्रतित पत्र ९एलसी० खोलेर मात्र आयात गर्न पाइनेछ । साथै, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु, छाता र लाठी, काठका सामानहरु, सुन चादी जस्ता बहुमूल्य धातु, परफ्युम तथा विभिन्न कस्मेटिक सामानहरु आयात गर्न शत प्रतिशत मार्जिन राखेर एलसी खोल्नु पर्ने छ ।

यस्तै, विद्युतिय बाहेकका गाडी, मोटर साइकल आयात गर्न भने ५० प्रतिशत मार्जिन राखी आयात गर्नु पर्ने उल्लेख छ । जारी सकुर्लर अनुसार अब आयातकर्ताले जति मूल्य बराबरको सामान आयात गर्ने हो सोही मूल्य बराबराको बैंक ग्यारेन्टी राख्नु पर्ने राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले सिंहदरबारलाई जानकारी दिए ।

‘सकुर्लरमा उल्लेखित सामानहरुमध्ये यदी शत प्रतिशत मार्जिन भनिएको सामान आयात गर्नु पर्दा १ सय रुपैयाँ पर्ने हो भने १ सय रुपैयाँ नै बैंकमा ग्यारेन्टी राख्नु पर्छ, ५० प्रतिशत हो भने मूल्यको ५० प्रतिशत बैंकमा राख्नु पर्छ ।’– उनले भने ।

राष्ट्र बैंकले गरेको सो व्यवस्थाले तोकिएको वस्तुहरुको आयातकर्ताका लागि लागत तत्काललाई बढी पर्नेजाने हुँदा आयात निरुत्साहित हुने देखिन्छ । यसले बैंकबाट आयातका लागि जाने टिआर लोन घट्न सक्ने प्रष्ट संकेत दिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्