Skip to content
Shikhar Insurance
National Life

मतदानको पूर्वनिर्धारित समय सकियो, मतदातामा उत्साह नदेखिएकाे पर्यवेक्षकाे प्रतिक्रिया

Hyundai
NCELL
NIMB

काठमाडाैं । देशभर एकसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएको बताउँदै मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ ।

आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि आशातित मत भने खस्न नसकेको सरोकारवालाहरुले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् ।

आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरूको उपस्थिति कम पाएको बताए

उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढ्यो । ललितपुर उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मतदान केन्द्रमा अनुगमन गर्यौं । अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहित भएर मतदान गर्न नआएको अवस्था देख्यौँ ।

त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले पनि मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम पाएको प्रतिक्रिया दिए । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्