काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफा र आव २०८०/८१ को वित्तीय विवरण प्रतिवेदनको आधारमा कम्पनीको हाल कायम चुक्तापुँजीको कुल ६.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि सहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्