Skip to content
Shikhar Insurance
National Life

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज(चैत १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १४ लाख ४९ हजार ४०० कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ८० हजरा ७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। भने बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको सो आईपीओ निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८० वैशाख ३ गते हुने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्