काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३०३ कम्पनीको ८७ लाख ६८ हजार ५ सय ६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २ सय ९० रुपैयाँ बराबारको कारोबार भएको छ ।
मंगलबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १८ करोड ९६ लाख २० हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ६५ रुपैयाँ पुगेको छ ।
मंगलबार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज १ कम्पनीको सेयर मूल्यमा ७.६७ प्रतिशतले बढेको छ भने १ कम्पनीको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्