Skip to content
Shikhar Insurance
National Life

मंगलबार नेप्सेमा ५ कम्पनीको सेयर मूल्य समायोजन, बुधबार कतिमा खुल्छ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सोमबार ५ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबार साधना लघुवित्त, मुक्तिनाथ विकास बैंक, मिर्मिरे लघुवित्त, हिमालयन डिस्टिलरी र गुँरास लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि यी कम्पनीहरुले बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

साधना लघुवित्तको १९ प्रतिशत, मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशत, मिर्मिरे लघुवित्तको २३ प्रतिशत, हिमालयन डिस्टिलरीको ६० प्रतिशत र गुँरास लघुवित्तको ४ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि साधना लघुवित्तको ९०४ रुपैयाँ २० पैसा, मुक्तिनाथ विकास बैंकको ४१९ रुपैयाँ ३८ पैसा, मिर्मिरे लघुवित्तको ८२१ रुपैयाँ ३८ पैसा, हिमालयन डिस्टिलरीको २ हजार ५१८ रुपैयाँ ७५ पैसा र गुँरास लघुवित्तको ८०० रुपैयाँ १९ पैसा कायम भएको छ ।

नेप्सेले मंगलबारको कारोबारको अन्तिम मूल्यको आधारमा यी कम्पनीहरुको सेयर मूल्य समाजोजन गरेको हो । मंगलबार साधना लघुवित्तको १ हजार ७६ रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ४७६ रुपैयाँ, मिर्मिरे लघुवित्तको १ हजार १० रुपैयाँ ३० पैसा, हिमालयन डिस्टिलरीको ४ हजार ३० रुपैयाँ र गुँरास लघुवित्तको ८३२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो ।

बुधबार उक्त समायोजनपश्चातको सेयर मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्