Skip to content
Shikhar Insurance
National Life

भ्रष्टाचार नियन्त्रण सरकारबाट मात्रै सम्भव छैन: पुष्पकमल दाहाल

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण सरकार एक्लैले गर्न नसक्ने बताएका छन् । प्रधानमन्त्री, गृहमन्त्री वा सरकार एक्लैबाट भ्रष्टाचार विरोधी अभियान सम्भव नहुने अध्यक्ष दाहालको भनाई थियो । शुक्रवार काठमाडौंमा सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘सामुदायिक समाजवाद’ को विमोचन कार्यक्रममा बोल्दै उनले मुलुकमा भ्रष्टाचार विरोधी नयाँ अभियानको थालनी गर्न जरुरी रहेको उल्लेख गर्दै त्यसको नेतृत्व आफूले गर्न चाहेको पनि बताए ।

अध्यक्ष दाहालले आफूले प्रधानमन्त्रीको रुपमा भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गरेको र त्यसलाई सफल बनाउने संकल्पका साथ लागि परेको दाबी समेत गरे । उनले भ्रष्टाचार विरोधी अभियानलाई नयाँ समाजवादी आन्दोलनसँग जोडेर आफूले अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आग्रह गरे ।

अध्यक्ष दाहालले आफूले समाजवादको आधार निर्माणका लागि उत्पादन वृद्धिको कार्ययोजना बनाएर अघि बढन नसकेकोमा पश्चाताप लाग्ने गरेको अनुभुति सुनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्