Shikhar Insurance
National Life

‘भ्रष्टाचार एक अर्कालाई खुइल्याउने हतियार बन्यो, कुन–कुन फाइल खोल्ने हो छलफल गरौं’ : महामन्त्री थापा

सिंहदरबार संवाददाता
२०८१ पुष १८, बिहीबार १४:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरुबारे छलफल गर्न प्रश्ताव गरेका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रुपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रश्ताव गरेका हुन् ।

उनले समितिको बैठकमा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीलाई आमन्त्रित गरेर भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए । उनले फाइल खोल्ने विषय सरकारमा बसेर धम्क्याउने र सरकारबाट बाहिर गएको मान्छेले फाइल खोल्न लागेकै कारण सरकार ढल्यो भन्ने अस्त्रको रुपमा प्रयोग गर्ने गरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले फाइल खोल्ने विषयमा नागरिक आजित भएको अवस्था सिर्जना भएको उल्लेख गर्दै शिर्ष नेतृत्वबाट यस विषयमा छलफल गर्न जरुरी रहेको जानकारी दिए । उनले शेरादरबार, ललितानिवास, गिरिबन्धु लगायतका सबै भ्रष्टाचारसम्बन्धी फाइलहरु खोल्नुपर्ने धारणा राखे ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्