Skip to content
Shikhar Insurance
National Life

भ्रष्टहरुलाई कुनै हालतमा छाड्नै हुन्नः माधव नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टहरुलाई कहिँ गए पनि छाड्न नहुने बताएका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई हेरेपछि देशलाई भ्रष्टाचारले कसरी गाँजेको छ भन्ने कहाली लाग्दो तथ्य उजागर भएको बताउँदै उनले भ्रष्टहरुलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने बताएका हुन् ।

ठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भ्रष्टाचारका फाइलहरु खोलिन थालेको भन्दै नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताए । उनले भने, ‘उपप्रधान एवं गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरु जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस् । नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ।’

उनले भने, ‘नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ । यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरुका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ की नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन् ।’ उनले सामाजिक सञ्जालको लहडका आधारमा नेता मान्ने क्रम बढेर नेताहरुको त्याग र तपस्या गरेका नेताहरुलाई भुल्ने गरिएकोमा दुखेसो पनि पोखे ।

GBIME

प्रतिक्रिया दिनुहोस्