Skip to content
Shikhar Insurance
National Life

भोलिदेखि बैंकिङ सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य, १ करोड ६५ लाखले लिए नम्बर

Hyundai
NCELL
NIMB

काठमाडौं । माघ १ गते अर्थात् भोलिदेखि लागू हुनेगरी बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल सरकारले २०८१ असार १० गते प्रकाशित गरेको नेपाल राजपत्रमा माघ १ गतेदेखि बैंकिङ सेवा प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने व्यवस्था गरेपछि अब राष्ट्रिय परिचयपत्र हुनेले मात्रै बैंकिङ सेवा प्राप्त गर्ने भएका छन् ।

राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा मात्रै बैंक खाता खोल्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भनिसकेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक तुलसी प्रसाद दाहालका अनुसार हालसम्म १ करोड ६५ लाख नेपाली नागरिकहरूले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका छन् । जसमध्ये कार्ड प्राप्त गर्नेको संख्या कम रहेको छ भने नम्बर प्राप्त गर्नेको संख्या धेरै रहेको छ । निर्देशक दाहालले सिंहदरबासँग भने, “राष्ट्रिय परिचयपत्र नम्बर लिनेको संख्या १ करोड ६५ लाख पुगिसकेको छ, सो नम्बरको आधारमा कार्ड नै प्राप्त गर्नेको संख्या भने निकै कम छ, नम्बरकै प्रयोग गरी खाता बैंक खाता भने खोल्न सक्नेछन्।”

भोलिदेखि लागू हुने सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिहरू बैंक खाता खोल्नबाट वञ्चित हुने भएका छन् । सरकारले सबैखाले परिचय पत्रहरुलाई एकै स्थानमा समेट्नेगरी राष्ट्रिय परिचय पत्र निर्माण सुरु गरेको छ । राहदानी निर्माण गर्नेदेखि लिएर बैंक खाता खोल्न समेत राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न थालेको छ र

राष्ट्रिय परिचयपत्र बनाउन कस्तो योग्यता चाहिन्छ ?

१६ वर्ष उमेर पुरा भई नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्ने भनिएता पनि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा भने नागरिकता प्राप्त नगरेकाहरुले पनि तोकिएको प्रक्रिया अनुसार नाबालक राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्