Skip to content
Shikhar Insurance
National Life

भूदेव खाद्य उद्योगको कारोबार १ अर्ब ३० करोड, गत वर्षभन्दा १९.८९ प्रतिशतले बढी

Hyundai
NCELL
NIMB

काठमाडौं । भूदेव खाद्य उद्योग (बीकेयुपीएल) कम्पनीले सन् २०२४ मा १ अर्ब ३० करोेड ८० लाख रुपैयाँ कारोबार भएको छ । जुन गत वर्षको तुलनामा १९.८९ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२३ मा १ अर्ब ९ करोड १० लाख रुपैयाँ व्यापार गरेकोे थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा ९५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । भूदेव खाद्य उद्योग (बीकेयुपीएल) धान प्रशोधनका लागि अक्टोबर ०९, २००१ मा स्थापना भएको प्राइभेट लिमिटेड कम्पनी हो।

कम्पनीले चामल, हुलास मैदा, सुजी, दाल, आटा, पीठो, हुलास भुजाका विभिन्न प्रकारहरु उत्पादन गर्दछ । यो एमएस हंस राइस मिल्स प्राइभेट लिमिटेडको विस्तारित र विविधीकरण इकाई हो।

कम्पनीको दर्ता कार्यालय विराटनगर, मोरङ, नेपाल मा छ, जबकि उत्पादन सुविधा धनुषा जिल्लाको गोदारमा छ।

GBIME

प्रतिक्रिया दिनुहोस्