Skip to content
Shikhar Insurance
National Life

भूगोल इनर्जिको आईपीओ बिक्री खुला, कहिलेसम्म आवेदन दिन पाउँने ?

Hyundai
NCELL
NIMB

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आज (चैत २३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेकाे हो ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेकाे हो।

कम्पनीले निष्काशन गरेको आईपीओ मध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयर बाँडफाँट गरिसकेको छ । सामूहिक लगानी कोषहरुका लागि ७१ हजार ९१६ कित्ता सेयर सुरक्षित गरिएको छ। भने बाँकी रहेको कुल १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

कम्पनीको सो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा चैत २७ गते हुनेछ भने ढिलोमा २०८० वैशाख ७ गते हुने कम्पनीको जनाएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

GBIME

प्रतिक्रिया दिनुहोस्