Skip to content
Shikhar Insurance
National Life

‘भुतप्रवाभी करले राज्यले १३ अर्ब राजस्व त पायो तर अन्तर्राष्ट्रिय छवि बिग्रियो’-अध्यक्ष ढकाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा बित्तिय संस्थामाथी भुतप्रभावी कानुन लगाएर राजस्व उठाएको आरोप लगाएका छन् । आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राज्यले केहि अर्ब राज्य प्राप्त गरेपनि यसले अन्तर्राष्ट्रिय छवि बिगारेको बताएका हुन् ।

आर्थिक ऐन २०८० ले फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जर तथा एक्विजेसनमा कर तिर्न बाँकी रहेका कम्पनीहरुलाई ब्याज तथा जरिवाना छुटको घोषणा गरेको थियो । सो ऐन विरुद्ध बैंक तथा वित्तिय संस्थाहरु सर्वोच्च अदालत समेत पुगेका थिए । सो मुद्दा अदालतले खारेज गरिदिएपछि बैंक तथा वित्तिय संस्थाहरुले १३ अर्ब भन्दा धेरै कर दाखिला गरेका थिए ।

सो कर भुतप्रभावी कानुन भएको भन्दै अध्यक्ष ढकालले आलोचना गरेका हुन् । अध्यक्ष ढकालले भने, ‘एफपीओ र मर्जरमा सरकारले १२/१३ अर्ब रुपैयाँ राजस्व प्राप्त गर्यो होला तर म विभिन्न देशमा पुगेर विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न भनिरहेको छु, तर नेपालमा नीतिगत स्थिरता नभएको विषय उनीहरुले बारम्बार उठाउने गरिरहेका छन् ।’

राज्यलाई जतिबेला मन लाग्यो त्यतिबेला कर उठाउन नहुने अध्यक्ष ढकालको भनाई छ । कोरोनाको समयमा सरकारले आयात प्रतिबन्ध लगाउँदा यसको असर राम्रा व्यवसायीलाई परेको अध्यक्ष ढकालले बताए । उनले थपे, ‘सरकारले विदेशी मुद्राको संचिति रित्तिदै गएको भन्दै आयात प्रतिबन्ध लगायो तर गाडी र मोटरसाइकल बाहेक अन्य वस्तुहरु बजारमा सर्टेज देखिएनन् यसरी धेरै सामाग्रीहरु चोरी तस्करी भएरै नेपाल भित्रियो, राम्रा व्यावसाय गर्नेहरु पछि परे र नराम्रा काम गर्नेहरुले अवसर पाए ।’

अहिलेको निजि क्षेत्र ट्रेडिस्नल टाइपको नभएको अध्यक्ष ढकालको भनाई छ । अहिलेका व्यावसायीहरु पहिले जस्तो नाफा मात्रै कमाउ भन्ने सोचबाट पछि हटिसकेको अध्यक्ष ढकालको दाबी छ । व्यवसायी ढकालले थपे, ‘हामी अहिलेका उद्योगी व्यावसायीहरु पुरानो सोचले होइन नयाँ सोचबाट अघि बढिसेका छौं, नाफामात्रै कमाउनु पर्छ भन्ने होइन राज्यलाई कर सहित सामाजिक काम समेत गर्नुपर्छ भन्ने भावनाबाट हामी अघि बढेका छौं, अब सुधारिएको निजि छेत्र बनिसकेको छ ।’

हालसालै मात्रै आन्तरिक राजस्व विभागले आय विवरण बुझाउने मिति सम्बन्धमा गरेको निर्णप्रति अध्यक्ष ढकालले असन्तुष्ट व्यक्त गरे । आयकर ऐनले प्रदान गरेको अधिकार सबै करदाताले प्रयोग गर्न पाउनु पर्ने अध्यक्ष ढकालको भनाई छ ।

राजस्व सम्बन्धि सुझाव दिनका लागि राजस्व परामर्श समति बनाइयो २ वर्समै विघटन गरियो । यस्ता खाले अस्थिरताले दीर्घकालिन व्यवसायिक वातावरणलाई विगार्ने अध्यक्ष ढकालको भनाई छ । सबै आर्थिक सुचकांकहरु सहि भएको बेला सबैभन्दा महत्वपुर्ण पब्लिक कन्फिडेन्स बढाउनु पर्ने बेला भएको अध्यक्ष ढकालले जोड दिए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकले आर्थिक वृद्धिर बढ्ने प्रक्षेपण गरिरहेका छन्, बैंक तथा बित्तिय संस्थाहरुमा लगानीयोग्य पुँजी वृद्धि भैरहेका छन्, बैंक ब्याजदर घट्दो क्रममा छ अहिलेको प्रमुख आवश्यकता भनेको पब्लिक कन्फिडेन्स हो ।’

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE