Skip to content
Shikhar Insurance
National Life

भाेलिदेखि हवाई भाडा घट्यो, कुन गन्तव्यमा कति?

Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरणले भाेलि बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई भाडादर घटाएको छ।

साेमबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई भाेलि बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यससँगै काठमाडौं–भैरहवाको भाडादर हालको भन्दा २ सय ८५ रूपैयाँले घटेको छ। त्यसैगरी, काठमाडौं–भद्रपुर भाडा ४ सय २० भाडादर हालको भन्दा २ सय ८५ रूपैयाँले घटाइएको हो।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४ सय ८५, भद्रपुर ४ सय २०, विराटनगर ३ सय ३५, जनकपुर १ सय ८०, तुम्लिङटार २ हजार ६ सय ९, भरतपुर १ सय ५०, नेपालगञ्ज ४ सय ५५, पोखरा २ सय २५, भैरहवा २ सय ८५ र सिमराका लागि १ सय २५ रुपैयाँ कम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्