Skip to content
Shikhar Insurance
National Life

भारत भ्रमणको उपलब्धि १५ वटा राँगा : ओली

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको उपलब्धि भनेको १५ वटा राँगा नेपाल ल्याउनुमात्र भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

प्रतिनिधिसभामा सोमबार समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरू कुनै उपलब्धि नभएको दाबी गरे ।

‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’

प्रधानमन्त्रीले भारतीयमा गएर भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताए । मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्