Skip to content
Shikhar Insurance
National Life

भारतीय मुद्रा सञ्चिति बढेर ६४२.४९ अर्ब अमेरिकी डलर पुग्यो

Hyundai
NCELL
NIMB

भारतको विदेशी मुद्रा सञ्चिति मार्च १५ मा समाप्त भएको हप्तामा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । देशको केन्द्रिय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएका हुन् ।

भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो । भारतीय रिजर्भ बैंककाअनुसार मार्च १५ मा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति झन्डै ६ अर्ब ४ करोड डलरले बढेको छ ।

यस हप्तामा विदेशी मुद्रा सम्पती ५६८ अर्ब ३८६ अर्ब डलर रहेको छ भने सुनको सञ्चिति ५१ अर्ब १४ करोड डलर रहेको तथ्यांकले देखाएको छ । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा यसको न्युन स्तर ८३.४३ मा झरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्