Skip to content
Shikhar Insurance
National Life

भारतमा सुरु भयो डिजिटल मुद्रा, यी नौ बैंकले गर्दैछन् परिक्षण कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याएको छ । भारत सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य मार्फत यसै वर्षभित्र डिजिटल मुद्रा प्रचलनमा ल्याउने उद्घोष गरेको थियो । सरकारको घोषणा अनुसार नै भारतीय रिजर्भ बैंक(आरबीआई)ले डिजिटल मुद्रा कारोबारमा ल्याएको हो ।

परिक्षणका रुपमा बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी(सीबीडिसी) सञ्चालनमा ल्याएको हो । डिजिटल मुद्रा कारोबारका लागि ९ वटा बैंकहरु छानिएका छन् । एसबिआई बैंक, बैंक अफ बरोडा, युनियन बैंक अफ इण्डिया, एचडीएफसी बैंक, आईसीआईसीआई बैंक, कोटाक महिन्द्रा बैंक, यस बैंक, आइडीएफसी फर्स्ट बैंक र एचएबीसी बैंकलाई पहिलो चरणमा डिजिटल मुद्रा कारोबारका लागि छनौट गरिएको हो ।

परिक्षणकालमा डिजिटल करेन्सीको दोश्रो बजारमा सरकारी ऋणपत्रहरुको कारोबारमा प्रयोग गरिनेछ ।

अब भारतमा ‘वालेट टू वालेट’ कारोबार सम्भव हुनेछ । डिजिटल मुद्राले कालोधन निरुत्साहित गर्ने अपेक्षा गरिएको छ । सम्पति शुद्धिकरण निवारणमा समेत यसले महत्वपूर्ण योगदान दिनेछ । औपचारिक अर्थतन्त्र निर्माण र राजश्वको दायरा फराकिलो बनाउन पनि डिजिटल मुद्राको भूमिका रहनेछ ।

भारतले गुगल पे, यूपीआई लगायतका ई–वालेटमा कारोबारको लिमिट तोकिदिएको छ । तर, डिजिटल करेन्सीमा यस्तो लिमिट हुने छैन । ठूलो रकम एकै पटक पठाउन ई–वालेटले काम नगरेको अवस्थामा अब डिजिटल मुद्राले सहजता ल्याउनेछ ।

आरबीआईले डिजिटल मुद्रा ल्याएपछि भारतीय अर्थतन्त्रलाई डिजिटल बनाउन कोशेढुंगा साबित हुने भएको छ । त्यस्तै, वित्तीय समावेशिताका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ । तत्कालै भौतिक मुद्रालाई विस्थापित गर्ने कुनै योजना नभए पनि डिजिटल मुद्राको आरम्भ भने ऐतिहासिक घट्नाक्रम भएको आरबीआईले बताएको छ ।

https://singhadarbar.com/post/53426/

https://singhadarbar.com/post/8407/

https://singhadarbar.com/post/38089/

GBIME

प्रतिक्रिया दिनुहोस्