Skip to content
Shikhar Insurance
National Life

भारतमा एकै वर्ष हुन्डाईको ६ लाख युनिट भन्दा बढि गाडी बिक्री, लोकप्रिय बन्यो क्रेटा एसयुभी

Hyundai
NCELL
NIMB

काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेड (एचएमआईएल) ले सन् २०२४ मा ६ लाखभन्दा बढी युनिट गाडीहरु बिक्री गरेको छ । हुन्डाई इन्डियाले सन् २०२४ मा एसयूभी र सीएनजी मोडलको ६ लाख ५ हजार ४ सय ३३ युनिट गाडीहरु बिक्री गरेको हो ।

हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रमुख अपरेटिङ अफिसर तरुण गर्गले भारतीय अटो अनलाईन एनडीटीभीमा भनेका छन्, “एचएमआईएलले गाडी बिक्रीको उतार चढावलाई सन् २०२४ मा राम्ररी व्यवस्थापन गरेको छ, आन्तरिक उद्योगको बिक्रीलाई शिर उचो बनाएको छ । पछिल्ला वर्षहरुको तुलनामा सबैभन्दा बढी बिक्री गर्ने किर्तिमान राखेको छ। हुन्डाईको टेक्नोलोजी सर्भिसलाई ग्राहकले मन पराई दिनु भएको छ । सिएनजी टेक्नोलोजीको विस्वास समेत बढेको छ,पछल्लो वर्ष २०२३ मा १०.४ प्रतिशतको तुलनामा १३.१ प्रतिशत पुगेको छ।”

उनले थपे, “ हुडाई क्रेटाको एसयुभीको बिक्री मात्रै १ लाख ८६ हजार ९ सय १९ युनिट छ, यो भारतीय बजजारमा बिक्री भएको एसयुभी सेग्मेन्ट सबैभन्दा धेरै हो । हामी विस्वस्त छौं क्रेटा इभीले अझै एसयुभी सेग्मेन्टमा पुर्नताजगी ल्याउनेछ ।”

एसयुभी सेग्मेन्टमा हुन्डाईले ६७.७ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले भेन्यू र टक्सन लगायतका अन्य लोकप्रिय मोडलहरूले एसयूभीको बिक्रीलाई अझ बलियो बनाएको छ । कम्पनीले आफ्नो सीएनजी प्रविधिले पनि लोकप्रियाता प्राप्त गर्दै गएको बताएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्