काठमाडौं । देशको अर्थतन्त्रको महत्वपुर्ण निकायमा यतिबेला राजनितिक नियुक्तिको काम काम धमाधम चलिरहेको छ । धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति भैसकेको छ भने बीमा प्राधिकरण सोमबार (फागुन १२ गते) नै नयाँ अध्यक्ष पाउने सम्भावना छ ।
सोमबार नै नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिको लागि ७ दिने सूचना जारी भएको छ । राष्ट्र बैंकमा गभर्नर नियुक्तिको प्रकृया सुरु हुँदैछ ।
यी चारवटै निकायमा हुने राजनितिक नियुक्तिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महत्वपुर्ण जिम्मेवारी पाएका छन् । यी निकायहरुमा राजनितिक नियुक्तिले महत्वपुर्ण अर्थ राख्दछ । एक पटकको नियुक्तिमा ५ वर्षसम्म काम गर्न पाउने भएपछि यस्ता निकायमा नियुक्ति लिन चर्को प्रतिष्पर्धा चल्ने गरेको छ । मन्त्री पौडेलले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गरिसेका छन् । बीमामा पनि प्रकृया लगभग टुङगिसकेको छ । उनी यस्तो भाग्यमानी अर्थमन्त्री बन्दैछन् की यदि अबको २ महिना सरकार नढले अर्थमन्त्री बनेको ९ महिनाभित्र महत्वपुर्ण ४ निकायमा नियुक्ति गर्नेछन्।
अर्थमन्त्री पौडेलले केहि समयअघि धितोपत्र बोर्डमा विवादित व्यक्ति सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति दिएका थिए । सो नियुक्तिमा बिचौलियाहरुले ५ अर्ब रुपैयाँको चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदसम्म छरपष्ट भएका छन् ।
नेप्सेमा सिइओ छनोट गर्न प्रकृया सुरु
अर्थ मन्त्रालयले नेप्सेममा प्रमुख कार्यकारी अधिकृत (सिइओ) छान्नका लागि आइतबार (माघ ११ गते) ती सदस्यीय समिति बनाएको छ । अर्थ मन्त्रालयका सह-सचिव सेवन्तक पोखरेल संयोजक रहेका समितिमा अर्थ मन्त्रालयका सह-सचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन् । समितिले नेप्सेमा सिइओ बन्नका लागि इच्छुक मध्येहरुबाट आवेदन मागिसकेको छ ।
बीमा प्राधिकरणमा आज नियुक्त हुँदै
बिमा प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि छनौट समिति आइतबार तीन जनाको जाम सिफारिस गरेको छ । स्रोतका अनुसार बीमा प्राधिकरणको अध्यक्षका लागि शरद ओझा, रामशरण पुडासैनी सहित तीन जनाको नाम मन्त्रिपरिषदमा पेश भएको छ । आवेदन दिएका १२ जनामध्ये उत्कृष्ट पाँच जनामा शरद ओझा, राम शरण पुडासैनी, कमल रेग्मी, दामोदर बस्यौला र चिरन्जीवी चापागाई परेका छन् । पाँच जनाबाट अन्तर्वार्ता र व्यवसायिक कार्ययोजनाबाट धेरै अंक प्राप्त गर्ने तीन जनाको नाम मन्त्रिपरिषदमा पेश भएको छ । मन्त्रिपरिषदको बैठक बेलुका बस्ने तय भएको छ । बीमा प्राधिकरणमा शरद ओझा र रामशरण पुडासैनीबीच प्रतिष्पर्धा छ । यदी बिमा प्राधिकरण नेपाली काँग्रेसको भागमा परे शरद ओझा अध्यक्ष बन्नेछन् । यदी प्राधिकरण एमालेको भागमा परे पुडासैनी अध्यक्ष बन्नेछन् ।
राष्ट्र बैंकमा गभर्नर नियुक्ति प्रकृया सुरु हुँदै
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन १ महिना बाँकी रहँदा नयाँ गभर्नर चर्चा सुरु भएको छ । गभर्नर अधिकारीले अहिले दोस्रो त्रैमासको समिक्षाको अन्तिम तयारीमा छन् । उनको कार्यकाल चैत १२ गते सकिदै छ । यद्यपी सरकारले गभर्नर नियुक्तिको प्रकृया सार्वजनिक आव्हानको आधारमा नगर्ने भएकाले गभर्नर को बन्छ भन्ने अनुमान गर्न गाह्रो हुन्छ ।
प्रतिक्रिया दिनुहोस्