Skip to content
Shikhar Insurance
National Life

भर्खरै प्रिमियममा आइपीओ जारी गरेको आइएमई लाइफ इन्सुरेन्सको नाफा ८७.१८ प्रतिशतले बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.१८ प्रतिशतले बढेको हो।

भर्खरै प्रिमियम मूल्यमा आइपीओ जारी गरेको इन्सुरेन्सको नाफा ८७.१८ प्रतिशतले बढेर २४ करोड ८ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहिअवधिमा कम्पनीले १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा जीवन बिमा कोषको आकार र खुद बिमा शुल्क आर्जन बढेकाले कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो । जीवन बिमा कोषको आकार ४३.२५ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड १५ लाख ९४ हजार रुपैयाँ पुगेको छ । भने, खुद बिमा शुल्क आर्जन १६.४८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ६५ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ०५ पैसा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्