Skip to content
Shikhar Insurance
National Life

भरतपुर वितरण केन्द्रद्वारा बक्यौता रकम नतिर्ने दुई सय ७० ग्राहक कालोसूचीमा

Hyundai
NCELL
NIMB

चितवन। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका २ सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ ।

वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो ।

कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट ७४ लाख ९२ हजार आठ सय ८१ रूपैयाँ बक्यौता रकम उठाउन बाँकी छ । ती ग्राहकाले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने उनले जानकारी दिए। उनले भने, “बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो । सबैले प्रयोग गरौँ ।”

यस वितरण केन्द्रअन्तर्गत १ लाख रूपैयाँभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक छन् । बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको उनले बताए । उनका अनुसार सो वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्