Skip to content
Shikhar Insurance
National Life

भयावह बन्दै कोरोनाको नयाँ लहर, भरियो कोभिड विशेष अस्पताल

Hyundai
NCELL
NIMB

दाङ । बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए ।

वलीका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ । जनरल वार्डमा रहेका २१ जनालाई पनि अक्सिजन दिइएको छ । “हाम्रो क्षमता २५ जनाको हो, त्यसमा पाँच जना आइसीयु शय्या छन्”, वलीले भने, “तर अहिले हामी २६ जना राख्न बाध्य छौँ ।”

पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको वलीले बताए । अहिले अस्पतालमा घोराहीका १५, तुलसीपुरका आठ, शान्तिनगरका दुई र रोल्पाका एक रहेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा कोरोना विशेष अस्पताल सञ्चालित छ । अस्पतालका लागि तल्लो तलालाई मात्रै प्रयोग गरिएको छ । माथिल्लो तलामा बिएएमएसका कक्षा सञ्चालन भइरहेका छन् । माथिल्ला दुई र तीन तलामा पनि अस्पताल सञ्चालन गर्न पाएमा ५५ शय्यासम्म सञ्चालन गर्न सकिने सामथ्र्य रहेको वलीले बताए । “तल्लो तलामा बिरामी राखिएको छ, यस्तो अवस्थामा माथिल्लो तलामा कक्षा सञ्चालन हुँदा सङ्क्रमणको पनि डर छ”, वलीले भने, “त्यसैले माथिल्ला तलामा पनि अस्पताल सञ्चालन गर्न सकिएमा धेरै सङ्क्रमित राख्न सकिन्छ ।”

अहिले अस्पताल पनि भरिएको भन्दै बिरामीले शय्या पाउन सक्ने सम्भावना न्यून रहेको वलीको भनाइ छ । अब सङ्क्रमितले जनप्रतिनिधि र नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेमा व्यवस्थापनमा सहज हुने तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका निरीक्षक विमल केसीले बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्