काठमाडौं । भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले बुधबार उनलाई बिभागको महानिर्देशक नियुक्त गरेको हो ।
चक्र बहादुर बुढा सरुवा मागेर हिडेपछि दुई सातादेखि बिभाग महानिर्देशक बिहिन थियो । पौडेलले यस अघि आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका थिए । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहँदा विवादास्पद निर्णयहरु गरेको आरोप छ ।
https://singhadarbar.com/post/31921/
https://singhadarbar.com/post/31979/
https://singhadarbar.com/post/32453/
प्रतिक्रिया दिनुहोस्