Skip to content
Shikhar Insurance
National Life

‘म भन्सारलाई शून्यबाट नै सुधार गर्न चाहन्छु’ : महानिर्देशक पुडासैनी

Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागका महानिर्देशक हरिसरण पुडासैनीले आफू भन्सारलाई शून्यबाट सुधार गर्न आएको बताएका छन् । भन्सार विभागमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै माहानिर्देशक पुडासैनीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै महानिर्देशक पुडासैनीले भने ‘भन्सारलाई म शून्यबाट नै सुधार गर्न चाहन्छु अब भन्सारले गरेको सबै काम पारदर्शी हुन्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

भन्सारका कर्मचारीले नियतवस कसैलाई पनि ज्यादती गर्ने काम नगर्ने बताउँदै महानिर्देशक पुडासैनीले भने ‘भन्प्रसार नाकाबाट सामान छुटेपछि ज्ञापन पत्र चोक-चोकमा देखाएर सामान ल्याउने गरिन्छ । हाम्रो मुख्य दायित्व राजस्व संकलन हो । हामी नियतवस कसैलाई पनि ज्यादती गर्ने काम गर्दैनौं । यसका लागि म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

उनले व्यवसायीहरुलाई समेत इमानदारीताका साथ काम गर्न आग्रह गर्दै भने ‘व्यवसायिहरुलाई पनि म भन्न चाहान्छु । तपाईंहरुले पनि इमानदारीका साथ काम गरिदिनु होला । उदार भन्सारको अवधारणा अनुसार अघि बढ्न चाहन्छु ।’

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE