Shikhar Insurance
National Life

ब्रोकर लाइसेन्सको पनि आवेदन खुल्यो

सिंहदरबार संवाददाता
२०७९ आश्विन २, आईतवार ०८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सको पनि आवेदन खुला गरेको छ । नियमावली संसोधन गरेपछि बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो । ब्रोकर लाइसेन्स लिन चाहनेहरुले ३० दिनभित्र रितपूर्वक बोर्डमा निवेदन दिनुपर्नेछ ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल ५० वटा ब्रोकरहरुले सेवा दिईरहेका छन् । अब आवेदन दिने र योग्यता पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिने भनिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्