काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गरेर आफुले क्रान्तिकारी निर्णय गरेको दावी गरेका छन् । मंगलबार नियमावली संसोधन गर्ने बोर्ड बैठकको निर्णयपछि सिंहदरबारलाई प्रतिक्रिया दिँदै अध्यक्ष हमालले धितोपत्र बजारमा पहिलो पटक क्रान्तिकारी निर्णय भएको दावी गरेका हुन् । ‘हामीले क्रान्तिकारी निर्णय गरेका छौं, फ्युचर जेनेरेशनलाई पनि लाइसेन्स लिने वातावरण बनाईदिएको छु, कोटा सिस्टम समाप्त पारिदिएको छु’, अध्यक्ष हमालले भने । उनले लामो समयको सोँच विचार र अध्ययनपछि आफुले सुदुर भविष्यलाई समेत ख्याल गर्दै क्रान्तिकारी निर्णय गरेको दावी गरेका हुन् ।
https://singhadarbar.com/post/43719/
https://singhadarbar.com/post/33323/
https://singhadarbar.com/post/43400/
https://singhadarbar.com/post/17356/
https://singhadarbar.com/post/17648/
प्रतिक्रिया दिनुहोस्