काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढनु स्वभाविक भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकको ब्याजदर बढनु स्वभाविक भएको र त्यसलाई बजारले पचाउनु पर्ने बताएका हुन् । उनले ब्याजदर तोक्न राष्ट्र बैंकलाई बाद्य नपार्न पनि अनुरोध गरे । गभर्नर अधिकारीले बैंकको ब्याजदर तोक्न पाउदा राष्ट्र बैंकलाई सजिलो हुने तर दीर्घकालीन रुपले गलत अभ्यास हुने पनि बताए । गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका सुधार अनुसार पोलिसी रिफर्म पनि भैरहेको दावी गरे । अर्थतन्त्रमा संकट आउदा आयात प्रतिबन्ध देखि बैंकको ब्याज र ऋण लगानीमा कडाई गरिएको तर सहज परिवेश बन्दा खुकुलो पोलिसी लिदै गएको पनि बताए ।
ब्याजदर बढनु स्वभाविक हो, बजारले पचाउनुपर्छ

प्रतिक्रिया दिनुहोस्